Logo

सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आइतबार जोशीको हकमा उनका छोरा तथा अधिवक्ता रोचक जोशीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । सो निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसले थुनामुक्त गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ । सहकारी ठगीमा पक्राउ परेका जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप छ । आइतबार पक्राउ परेका उनी गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने र जीबी राईसँगै पार्टनर थिए । 



प्रतिक्रिया दिनुहोस्