Logo

सहकारी ठगी प्रकरणः बाग्लुङ अदालतमा देवकुमार नेपालीको बयान जारी



काठमाडौं, १४ असोज । सहकारी ठगी प्रकरणमा फरार रहेर १६ महिनापछि पक्राउ परेका देवकुमार नेपालीलाई बाग्लुङ जिल्ला अदालतमा उपस्थित गराइएको छ । आज बाग्लुङ जिल्ला अदालतमा उपस्थित गराएर उनको बयान सुरु गरिएको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीले सहकारीको दुई अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ । उनको बयान जारी रहेको र आज सकिने अवस्था नरहेको बताइएको छ ।

बयानपछि थुनथेक बहस हुनेछ । नेपाली ढोरपाटन नगरपालिका प्रमुखसमेत हुन् । उनी गत केही दिनअघि भारतको नयाँ दिल्लीबाट पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्