Logo

देश र एमालेविरुद्ध हुने जुनसुकै गलत प्रवृत्तिप्रति एक्सन लिन नेता तथा कार्यकर्तालाई महेश बस्नेतको निर्देशन



काठमाडौं, १४ असोज । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीमा एकले अर्काका खुट्टा तान्ने प्रवृत्ति छाडेर हात समाएर अगाडि बढ्ने परिपाटीको विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कैलालीको १०औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । साथै उनले पार्टी र देशका विरुद्ध हुने जुनसुकै गलत प्रवृत्तिका विरुद्ध युवाहरुले एक्सन लिनुपर्ने पनि बताए ।

असमझदारी, असन्तुष्ठी र अन्तरघातले निर्वाचनमा पराजित हुनुपरेको बताउँदै उनले आगामी दिनमा यस्ता कुरा हुन नदिन युवाहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

युवा संघको पहिचान नै देशर जनताको लागि रहर लाग्दो, भर लाग्दो र बैरीको लागि डर लाग्दो हुनुपर्ने रहेको उल्ले गर्दै उनले सोही अनुसार नवयुवाहरुलाई संगठनमा आवद्ध गराई जनताको मन जित्ने गरी काम गर्नुपर्ने धारणा राखे ।

‘युवा संघ रुप रंगले रहर लाग्दो भनेको हैन । जनताको मन जित्ने काम गरेर रहर लाग्दो बन्नुस् भनेको हो । चुनाव जित्ने प्लान छैन । एकले अर्कोलाई सक्ने प्लान मात्रै छ । पार्टी भित्र एक नेताले अर्को नेताको खुट्टा तान्ने प्रवृत्ति बढेको छ । अब खुट्टा तान्ने हैन हात तान्ने परिपाटीको विकास हुनुपर्छ,’– उनले भने ।

युवा संघ जहिले पनि अन्याय अत्याचारका विरुद्ध र जनतालाई अफ्ठ्यारो पर्दा साथमा उभिनुपर्ने उल्लेख गर्दै उनले देशले विपत्ति भोगेको प्रति दुःख व्यक्त गरे । उनले विपत्तिको सयमा सहयोगका लागि युवा संघ परिचालन भइसकेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्