Logo

प्राधिकरणले प्रमाण दिन्छ भने उद्योगी व्यवसायीहरु डेडिकेटेड, ट्रंक लाईनको वक्यौता तिर्न तयार छन्ः अनिल अग्रवाल (भिडिओसहित)



काठमाडौं, १७ भदौ । वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड, ट्रंक लाईनको वक्यौता महशुल तिर्न उद्योगी, व्यवसायीहरु तयार रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राधिकरणले प्रमाण दिनसक्छ र प्रमाणबाट तिर्नुपर्ने देखिन्छ भने उद्योगी, व्यवसायीले वक्यौता तिर्नुपर्ने बताएका हुन् ।

‘प्रमाणहरु दियो भने त्यो तिर्नैपर्छ । आज मैले उद्योग व्यवसाय चलाएको छु भने उद्योग व्यवसाय चलाउँछु कर तिर्दिनँ भन्न मिल्दैन । राज्यको कानुनभन्दा माथि कोही पनि हुँदैन । तिर्नुपर्ने प्रमाण छ र देखिन्छ भने तिर्नुपर्छ । कानुनभन्दा माथि न उद्योगी हुनसक्छ, न राज्यपक्ष । कानुनभन्दा माथि हुनसक्दैन । उहाँले टीओडी मिटरको सबै डिटियल दिन्छौं भन्नुभएको छ । यदि कसैले दिन्छ भने त्यो तिर्नुपर्छ,’– उनले भने ।

साथै, उनले वीरगञ्जका उद्योगहरुले अहिले पनि लोडसेडिङ खेपिरहेको बताए । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनेजस्तो गरेर लोडसेडिङको अन्त्य भइनसकेको बताए । ‘कुलमान घिसिङजीले भनेरमात्रै हुँदैन । उद्योगी व्यवसायीहरुले विद्युत पाएको छैन । लोडसेडिङको मार खेपिरहेका छन् । त्यसले गर्दा पनि उत्पादनको कस्ट हाइ भएको छ,’– उनले भने ।

निजी क्षेत्रका विभिन्न समस्याहरुमा राज्यले संवादमार्फत समाधान खोज्न नचाहेको उनले बताए । अहिले नीजी क्षेत्र र सरकारबीचको सम्बन्ध चिसिएको उनको भनाइ छ । सरकारले नीजी क्षेत्रसँग टेबुल टक गर्न नचाहेको उनको भनाइ छ । नेपाल सरकारकै फरक मन्त्रालयअन्तर्गत रहेका संरचनाबीच समन्वयको अभाव रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्