Logo

कांग्रेस-एमालेको सरकार बनेपछि अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको अर्थमन्त्री पौडेलको दाबी



काठमाडौं, १६ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेसँगै अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएको बताएका छन् । आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार बनेपछि अर्थतन्त्रका बाह्य सुचक सकारात्मक सुधार आएको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्नेतर्फ सरकार अगाडि बढेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले अहिले पूँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको बताए । उनले नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्ने बताए ।

त्यस्तै, उनले निजी क्षेत्रलाई अब गुनासोबाट बाहिर निस्कन आग्रह गरे । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन र रोगजारीमा योगदान गर्न उनले आग्रह गरे । ‘सरकारले सुन्दैन थियो भने, यहाँहरुको समस्या समाधान गर्न तयार हुँदैन थियो भने, त्यतिबेला गुनासोको प्रयोजन पनि हुन्थ्यो होला । अहिले सकरार सुन्न तयार छ, समाधान गर्न तयार छ । सरकारले सुनेको पुगेको छैन भने अझ सुन्न तयार छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्