Logo

जनार्दनको कारण पार्टी नफुट्नेमा प्रचण्ड ढुक्क



काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भन्ने कुरामा कुनै सत्यता रहेको बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङद्वारा जारी नयाँ सर्कुलरमा जनार्दनले पार्टी फुटाउँदैछन् भन्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख छ ।

गत साउनमा सम्पन्न स्थायी कमिटी बैठकबारे जारी सर्कूलरमा भनिएको छ, ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी बिभाजन हुँदै छ भनि जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो ।’

साथै, माओवादी एकतावद्ध रहेको र रहिरहने पनि उल्लेख छ । बैठकमा मुलुकको परिस्थिति, सरकारमा रहेको समयमा भए गरेका काम कारवाहीहरू, पार्टीको कार्यदिशा, कार्यनीति, पार्टी नेतृत्व, पार्टी संगठनका समस्याहरू लगायतका विषयहरूमा छलफल भएको उल्ल्ेख छ ।

स्थायी समितिको बैठकले पार्टीको केन्द्रीय समितिको पूर्ण वैठकको लागि प्रस्ताव तयार गर्न महत्वपूर्ण योगदान पुगेको र सान्दर्भिक तथा आवश्यक विषयहरूलाई आगामी केन्द्रीय समितिको वैठकमा प्रस्तुत हुने दस्तावेजमा समेटिने पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्