Logo

कांग्रेस–एमालेसहितको गठबन्धन स्वार्थका लागि बनेको हो, धेरै दिन टिक्दैनः माओवादी नेता (भिडिओसहित)



काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले बेचन झाको गिरफ्तारीकै कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बेचन झाको बयानले बालकोट र बुढानीलकण्ठमा अप्ठ्यारो पर्ने निश्चित भएपछि कांग्रेस–एमाले मिलेको दाबी गरेका हुन् ।

साथै, वर्तमान सरकारले बेचन झाको बयानसमेत नगराइ अदालतमा पेश गरेर उन्मुक्ति दिने तयारी गरिरहेको बताए । उनले कांग्रेस–एमाले गठबन्धन सरकार स्वार्थको आधारमा बनेको दाबी गर्दै अब धेरै दिन नटिक्ने बताए । ‘कुतर्क गर्न सकिएला । तर, किन बेचन झाको बयान नगराएको, प्रहरी अधिकारीले प्रश्न पनि उत्तर पनि आफैंले सबै अनि सही गराएर अदालतमा लगिएको छ । यो सहकार्य चलोस् न त, हेरौं न त । यो भन्दा अगाडि गएको देखौनँ हामी । सत्ता स्वार्थ पूरा भएपछि सक्किगयो नि,’– उनले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ७ खर्ब रहेको नेपालको ऋण १८ अर्ब पुर्याइएको उनको आरोप छ । ओलीले अनुत्पादक क्षेत्रमा लगानी गरेर देशलाई ऋणमा फसाएको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्