Logo

‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनेर विवादित बनेका मन्त्री गुरुङलाई प्रधानमन्त्री ओलीले गराए सचेत



काठमाडौं, १७ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर अहिले व्यापक आलोचना भइरहेको छ । शनिबार प्रेस चौतारीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी अभिव्यक्ति दिएका थिए ।

मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि विवादित विषय नबोल्न चेतावनी दिएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको बताए ।

मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो । गराएँ । त्यही क्रममा उहाँ (प्रधानमन्त्री) ले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराएँ,’– उनले भने ।

भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको उनले बताए । मन्त्री गुरुङले आफूले पनि सोबारे महशुस गरेको बताए ।

भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको उनले बताए । मन्त्री गुरुङले आफूले पनि सोबारे महशुस गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्