काठमाडौं, १७ भदौ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेरको क्रममा मन्त्री मनाङ्गेको जिम्मेवारी हेरफेर गरेका थिए । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङ्गेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए । मनाङ्गेले उक्त मन्त्रालय जुनियरहरुलाई दिइने मन्त्रालय रहेको भन्दै