Logo

राजदूत सिफारिस समावेशी नभएको स्वीकार्दै मन्त्री आरजु राणाले मागिन् माफी



काठमाडौं, १८ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गरेकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा उनले राजदूत सिफारिसमा आगामी दिनमा ख्याल गर्ने भन्दै माफी मागिन् ।

सांसदहरुले राजदूत नियुक्ति समावेशी नभएको बारे प्रश्न उठाएपछि जवाफ दिँदै मन्त्री राणाले भनिन्, ‘अर्को पटक नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं। यसपटक समावेशी भएन । आई एम सरी।’

सरकारले केही समय अघि १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरुको अहिले संसदीय सुनुवाइ चलिरहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशितामा ध्यान पुर्याउन सरकारको ध्यानाकार्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस्