Logo

संसद्मा विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ गीतको तारिफ, उनको अवस्था सार्वजनिक गर्न माग



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले लोकदोहोरी गायिका विष्णु माझीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विष्णु माझीको तीजको गीत ‘आइनँ आमा यो तिजमा’ को तारिफ गरे । उनले विष्णु माझीको उक्त गीतमा नेपाली समाज र संस्कृति झल्किएको बताए ।

नेता भण्डारीले नेपाली मन–मनले विष्णु माझीबारे चासो देखाइरहेको बताउँदै उनको स्वतन्त्रतालाई सम्मान गर्दै मिल्छ भने उनको अवस्था सार्वजनिक गरिदिन आग्रह गरे ।

‘आइनँ आमा यो तिजमा’ विष्णु माझीको गीतले हरेकको मन छोएको छ । …..नेपाली समाज, नेपाली संस्कृति झल्किने गीत आइरहेको छ अहिले । जसले हरेकलाई खुसी बनाएको छ । आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होईन । म जहाँसुकै जान्छु, मैले देख्छु, विष्णु माझीलाई, उनको यति राम्रो स्वर, त्यो गीत गाउने व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, कुनै धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्