Logo

सरकारलाई बालेनको चुनौतिः ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ’



काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सरकारको मिलेमतोमा आफ्नो समाजिक सञ्जालमा फोस्ट भएको सामाग्री उडाइएको आरोप लगाएका छन् । बालेनले एमाले प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण र यातना दिएको बालेनको दाबी थियो । उक्त पोस्ट आज बालेनको फेसबुकबाट हटेको थियो । सो पोस्टबारे बालेनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।’

साथै, उनले आफू गलत हो भने आफूलाई समाएर देखाउनसमेत सरकारलाई चुनौति दिएका छन् । होईन भने दोषी समाउन सरकारलाई उनले दवाब दिएका छन् । ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्