Logo

एमाले पोलिटव्यूरो बैठकः टुँडिखेलको घटना र प्रचण्डको अभिव्यक्ति केन्द्रीत ओलीको ब्रिफिङ



काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताबाट बाहिरिनुपर्दाको पीडा व्यक्त गरिरहेको बताएका छन् । आज (मंगलबार) पार्टीको पोलिटव्यूरो बैठकमा ओलीले प्रचण्डले उठाएका विभिन्न विषयप्रति ब्रिफिङ गरेका थिए ।

‘झण्डै ९ वर्षदेखि सत्तामा सामेल रहेको र एक्कासी सरकारबाट बाहिरिनुपरेको पीडा, आक्रोश छदैछन् । त्यसका सन्दर्भमा उहाँले उठाउनुभएको विषयप्रति हाम्रो पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष कमरेडले गम्भीर ध्यानाकार्षण गराउनुभएको छ,’– बैठकको निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

त्यस्तै, गौरा पर्वको अवसरमा टुँडिखेलमा युवाहरुले गरेको विरोधका बारेमा पनि ओलीले पोलिटव्यूरो बैठकमा ब्रिफिङ गरेका छन् । उनले युवाहरुको उक्त आक्रोशलाई ‘अराजक गतिविधि’ को संज्ञा दिएका छन् । ‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री सामेल हुनुभएको डेउडाको कार्यक्रमको अराजक गतिविधिप्रति पनि उहाँले ध्यानाकार्षण गराउनुभयो । समग्र सरकार कसरी अगाडि बढ्दैछ भन्ने विषयमा पनि ध्यानकार्षण गराउनुभयो,’– गौतमले भने ।



प्रतिक्रिया दिनुहोस्