Logo

‘आईजीपीको जिब्रो थुत्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिबारे माओवादी नेताको प्रतिक्रियाः सरकारले बुहमतको दम्भ देखाउन खोज्यो



काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आज (मंगलबार) संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले भने सरकारले हामीसँग बहुमत छ, जे गरेपनि हुन्छ भन्ने आशय व्यक्त गरेको बताएका हुन् ।

‘व्यक्तिगत रुपमा सरकारको प्रवक्ताले त्यो शब्द प्रयोग गर्न मिल्दैन । सरकारले नै, प्रधानमन्त्रीले नै भन्न लगाउनुभयो भन्ने मैले आरोप लगाउन चाहन्न । तर, हामीसँग बहुमत छ, जे गरेपनि हुन्छ भन्ने आशय हो । जसलाई थर्काएपनि, जे गरेपनि हामीसँग बहुमत छ, संविधान पनि जता लगेपनि हुन्छ, जे गरेपनि हुन्छ भन्ने सोच बनाउन खोज्नुभएको छ,’– उनले भने ।

साथै, गण्डकीमा मन्त्री किनबेचको हल्ला चलिरहेको तर्फ केन्द्रीत हुँदै उनले बजारमा किनबेचका निमित्त प्रतिस्पर्धा गर्न गएका दलहरुले नै यसको जवाफ दिनुपर्ने बताए । उनले कांग्रेसले डेढ करोड दिएका हो कि होईन ? एमालेले तीन करोड दिन बार्गेनिङ गरेको हो कि होईन ? भन्नेबारे जवाफ दिइनुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्