Logo

एमाले–कांग्रेसबीच कुनै समस्या आए ओलीजी र म बसेर समाधान गर्छौंः सभापति देउवा



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस–एमालेबीच कुनै मतभेद नरहेको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति एमाले–कांग्रेसको पूराका पूरा समर्थन रहेको बताएका हुन् ।


साथै, एमाले–कांग्रेसबीच खास–खास कुरामा एउटै धारणा रहेको पनि सभापति देउवाले बताए । एमाले–कांग्रेस एकअर्काका मुख्य प्रतिस्पर्धी पनि रहेको बताउँदै सभापति देउवाले कही समस्या रहेपनि केपी शर्मा ओली र आफू बसेर समाधान खोज्ने उनले बताए ।

‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन्। ओलीजी र मैले मिलेर अरु साथीहरु मिलेर पनि समाधान गर्नेछौं,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्