Logo

पार्टीभित्र बेलाबखत देखापर्ने नैतिकहीन, चरित्रहीन र अनुशासनहीन गतिविधि नियन्त्रण गर्नुपर्ने एमालेको निश्कर्ष



काठमाडौं, २० भदौ । नेकपा (एमाले) ले पार्टीभित्र बेलाबखत देखापर्ने नैतिकहीन, चरित्रहीन र अनुशासनहीन गतिविधि नियन्त्रण गर्नुपर्ने निश्कर्ष निकालेको छ । हिजो (बुधबार) सम्पन्न पोलिट्व्यूरो बैठकले यस्तो निश्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

‘पार्टीभित्र बेलाबखत देखापर्ने नैतिकहीन, चरित्रहीन र अनुशासनहीन गतिविधिलाई पार्टीले नियन्त्रण गर्ने ढंगले अगाडि बढाएको छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता गौतमले भने ।

साथै, आगामी २०८४ को आम निर्वाचनमा एमाले आफ्नो नीति तथा कार्यक्रम र योजनाअनुरुप सहभागी हुने र कसैसँग सहकार्य नगर्ने निर्णय भएको प्रचारविभाग प्रमुख गौतमले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्