Logo

नेविसंघको समन्वयमा कर्णालीमा पनि ‘पेड इन्टर्नसीप’ सुरु



काठमाडौं, २० भदौ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको समन्वयमा मध्यपश्चिम विश्वविद्यालय र विद्युत विकास विभागबीच ‘पेड इन्टर्नसीप’ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा हस्ताक्षर भएसँगै मध्यपश्चिम विश्वविद्यालयका सिभिल, आईटी र हाइड्रो इन्जिनियरिङका विद्यार्थीहरूले विभिन्न परियोजनाहरूमा ‘पेड इन्टर्नसीप’ को अवसर पाउने छन् ।

नेविसंघको समन्वयमा यसअघि पुलचोक इन्जिनियरिङ, पूर्वाञ्चल इन्जिनियरिङलगायतका ‘पेड इन्टर्नसीप’ को सम्झौता भइसकेको छ । ‘पेड इन्टर्नसीप’ को अभियान आगामी दिनमा निरन्तर जारी रहने नेविसंघले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्