Logo

नेपाल नेपालीहरूको हो, नेपालीहरूले नै चलाउनुपर्छः माओवादी उपाध्यक्ष सापकोटा



काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफूहरुले बाह्य शक्तिहरुको हैकम नमान्ने बताएका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल नेपालीहरुको भएकाले नेपालीले नै चलाउनुपर्ने बताए ।

उनले अहिले राष्ट्रियताको सवाल एकदमै पेचिलो बनिरहेको बताउँदै भने, ‘हामीले भन्नुपर्छ, नेपाल नेपालीहरूको हो । नेपाल नेपालीहरूले चलाउनुपर्छ । हामी कसैको हैकम मान्नेवाला छैनौँ ।’

साथै, उनले वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक रहेको बताए । विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको स्मरण गराउँदै उनले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन बृहत वामपन्थी एकताको आवश्यक्ता औंल्याए ।



प्रतिक्रिया दिनुहोस्