Logo

दूध किसानको बक्यौता भुक्तानीका लागि संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय



काठमाडौं, २० भदौ । सरकारले दूध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।

‘आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनका लागि नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपियाँ भुक्तानी गर्न स्वीकृति दिने निर्णय भएको छ,’– बैठकपछि निर्णय सुनाउँदै मन्त्री गुरुङले भने ।



प्रतिक्रिया दिनुहोस्