Logo

दसैँ-तिहार मनाएपछि ओली नेतृत्वको सरकार कसैले ढाल्न पर्दैनः पूर्वमन्त्री किराती



काठमाडौं, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफैं ढल्ने बताएका छन् । अखिल (क्रान्तिकारी) भोजपुरको १४औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले दसैँ–तिहार मनाएपछि वर्तमान सरकार आफैं ढल्ने बताएका हुन् ।

वर्तमान सरकारको समीकरणमा सुरुवाती दिनदेखि नै चरम असन्तुष्टि र विवाद रहेको उनको भनाइ छ । नेता किरातीले एमाले–कांग्रेससहितको वर्तमान सरकार भ्रष्टाचारीहरुको संरक्षणका निमित्त बनेको पनि दाबी गरे । ‘यो सरकार दसैँ–तिहार मनाउँछ, अनि आफै ढल्छ । कसैले ढाल्न पर्दैन,’– उनले भने ।

दुई महिनासम्म सरकारको साझा नीति तथा कार्यक्रम नआउँदा वर्तमान सत्ता गठबन्धन कुहिरोको कागजस्तै बनेको उनको टिप्पणी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्