Logo

उर्जामन्त्री खड्काले गरे तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनीको उद्घाटन



काठमाडौं, २१ भदौ । उर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री दिपक खड्काले तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस’ अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको हो । आज उद्घाटन भएको उक्त एक्स्पो भदौ २३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामाग्री, वायर, केबुल एवम् कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू रहेका छन् । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहेको बताइएको छ ।उद्घाटन समारोहमा सहभागी मन्त्री खड्काले विभिन्न स्टलहरुको अवलोकनसमेत गरेका थिए । फोटोः अरुण कार्की/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्