Logo

गृह सचिवको जिम्मेवारी दुवाडीलाई



काठमाडौं, २१ भदौ । गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि गृह सचिवको जिम्मेवारीमा एकनारायण अर्याल रहेका थिए । उनी मुख्य सचिवमा नियुक्त भएसँगै गृह सचिव रिक्त थियो । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव भएर काम गरेका दुवाडीले अन्ततः गृह सचिवमा बाजी मारेका हुन् । हाल उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारी सम्हालिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्