Logo

प्रधानमन्त्रीको पलोअर्स घटाउने बालेनको स्टाटस फिर्ता



काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक स्टाटस रिकभर भएको छ । एमाले प्रदेश सांसद रेखा शर्माले विगत ८ वर्षदेखि नाबालिकालाई बालमजदुरको रुपमा राखेर श्रम शोषण गरेकोबारे बालेनले फेसबुकमा लेखेका थिए । उनले बालश्रम शोषण गर्ने प्रदेश सांसद शर्मालाई कहिले पक्राउ गर्ने ? भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई समेत जोडेर बालेनले स्टाटस लेखेसँगै एमालेका कार्यकर्ताले रिपोर्ट गर्दा स्टाटस हटेको थियो । त्यसलगत्तै बालेनले ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ’ भन्दै सरकारलाई चूनौति दिएका थिए ।

त्यसपछि बालेनका सार्थकहरुले प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाएका थिए । विगत ४ दिनको अवधिमा ७० हजारभन्दा बढीले प्रधानमन्त्री ओलीलाई अनफलो गरिसकेका छन् । आफूले रिभ्यूको रिक्वेस्ट गरेपछि फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको बालेनले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्