Logo

ब्रेन ट्यूमरबाट पीडित गुप्ताद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल



काठमाडौं, २१ भदौ । नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–५ का अशोक कुमार गुप्ताले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । ब्रेन ट्यूमर (क्यान्स) बाट पीडित गुप्ताले उपचारका लागि आफूले सकेको सहयोग गरिदिन भन्दै अपिल गरेका हुन् ।

दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएको गुप्ता आफैं विरामी परेपछि विचल्लीमा परेका छन् । उपचारका लागि आफूसँग खर्च नरहेको उनले बताए । उनले राष्ट्रिय बाणिज्य बैंकमा रहेको राजन गुप्ता तेलीको खाता नं. ३१०००३१२३७१० मा सहयोग पठाउन आग्रह गरेका छन् । थप जानकारीका लागि ९८२४४०७२२३ मा सम्पर्क गर्न पनि उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्