Logo

दलीय स्वार्थ र संकिर्ण सोचबाट माथि उठेर टीआरसी ऐनसँग सम्बन्धित आयोग गठन गरिनुपर्छः बाबुराम भट्टराई



काठमाडौं, २१ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बेपत्ता परिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको नेतृत्वमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विश्वसनीयता भएका व्यक्तिहरुलाई पठाइनुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र पेस गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दलीय स्वार्थ र संकिर्ण सोचबाट माथि उठेर आयोग बनाइनुपर्ने बताएका हुन् ।

‘हाम्रो शान्ति प्रक्रिया विशिष्ट प्रकृतिको छ । एउटाले जितेको अर्कोले हारेको होईन । हामी दुवैले सहमति गरेर आएको हुनाले सबै मिलेर मात्रै यो समाधान हुनसक्छ । आयोगहरु निर्माण गर्दा दलीय अथवा संकिर्ण सोचका आधारमा होईन, राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वसनीयता भएका व्यक्तिहरुको नेतृत्वमा यसलाई सम्पन्न गरिनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्