Logo

मन्त्री पाण्डेविरुद्ध कांग्रेसकै सांसद खनिए, काम र अवसर दुवै पीछडा रहेको आरोप



काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सह–महामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेविरुद्ध कांग्रेसकै नेताले आक्रोश व्यक्त गरेका छन् । कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले मन्त्री पाण्डेले अहिलेसम्म पाएको अवसर पनि पीछडा कोटाबाट पाएको र काम पनि पीछडा नै गरेको टिप्पणी गरेका छन् ।

पाण्डे राष्ट्रिय सभा सदस्यदेखि मन्त्रीसम्म पीछडा कोटाबाट बनेको र काम पनि पीछडा नै गरेको उनको आरोप छ ।

उनले सामाजिक सञ्जालमा मन्त्री पाण्डेको आलोचना गर्दै भनेका छन्ः

मन्त्री पाण्डे👉
१ स्पष्टीकरण पनि सोधेनन् ठेक्केदार प्रदीप लाई👉
भैराठाउँमा नयाँ लाईसेन्सको जवाफ मर्दा पनि दिनू!
माओवादीको युद्धको नियम यस्तो थियो …उता बम हान्थे यता मान्छे काट्थे।
RA नेपाल वायुसेवा बर्बाद छ त्यो सहि हो👉अध्यक्ष लाई हाने
प्रदीप अधिकारी जोगाउन लागे।
को हुन् मन्त्री पाण्डे?
राष्ट्रीय सभा सदस्य पिछडा
समानुपातिक पिछडा
सह महामन्त्री पिछडा
प्रतिनिधि सभा टिकट
पर्यटन मन्त्री पिछडा
न एक बिरामी उद्धार
न एक जागीर लगाए
न सैद्धान्तिक लडाईं लडे
न आन्दोलनको अगुवाई गरे
क्या भाग्यमानी माननीय बद्री पाण्डे?



प्रतिक्रिया दिनुहोस्