Logo

कांग्रेस-एमाले गठबन्धन सरकारको विकल्प छैन, जे गर्छ यसैले गर्छः सन्तोष चालिसे



काठमाडौं, २२ भदौ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुको मुख्य उद्देश्य देशलाई निकास र विकास दिनु रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब वर्तमान सरकारले निराशालाई आशामा बदल्नुपर्ने बताएका हुन् ।

‘गुमेको विश्वास फर्किँदै आएको छ । यसले सकारात्मक सूचक दिँदै आएको छ । राम्रोतिर लम्किँदै आएको छ । कांग्रेस–एमाले गठबन्धनको विकल्प छैन । छ केही विकल्प ? कसैले पत्याउँछ ? जे गर्छ यसैले गर्छ,’– उनले भने ।

नेता चालिसेले जुन सरकार आए पनि जनताको लागि केहि भएन, देश विकाश भएन भन्ने भाष्य वर्तमान सरकारले मेट्न सक्नुपर्ने उनको भनाइ छ । उनले अहिले कांग्रेस–एमाले सरकारको विकल्प नरहेको बताउँदै ०८४ सम्म यही गठबन्धन रहने बताए ।



प्रतिक्रिया दिनुहोस्