Logo

कर्मचारीहरुले देशको गोपनीयता एनजीओ, आईएनजीओलाई बुझाउँछन्ः रामनारायण बिडारी



काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले अहिले नेपालको उत्कृष्ट कर्मचारी भन्ने कोही पनि नरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कसैलाई उत्कृष्ट कर्मचारीको उपाधि दिनु फट्याईँ र बेइमानी हुने बताएका हुन् । नेता बिडारीले कर्मचारीहरुले कार्यालय समयभित्र व्यक्तिगत काम गर्ने गरेको उनको आरोप छ । अपवादबाहेकका सबै कर्मचारीले घुस नखाई काम नै नगर्ने उनको आरोप छ । आफूसँग कुनै कर्मचारीले आजसम्म घुस माग्ने आँट गर्न नसकेको दाबी गर्दै उनले अन्य मान्छेहरु भने आजित हुनुपरेको उनले बताए ।

२१औं निजामती सेवा दिसवको सन्दर्भमा कुराकानी गर्दै उनले भने, ‘अहिले उत्कृष्ट कर्मचारी भनेर कसैलाई भन्यो भने पनि त्यो फट्याईँ हो, बेइमानी हो । उत्कृष्ट छदै छैन छ । जसले त्यो उत्कृष्ट भनेर फोटो झुण्ड्याइरहेको हुन्छ नि त्यो बेइजत गरेको हो । १० बजे गएर अफिसमा हाजिर गरेर आफ्नो निजी काम जसले गर्छ नि त्यो भ्रष्टाचार हो । विदेशमा, विकसित राष्ट्रमा मोबाइल दराजभित्र राखेर कार्यकक्षमा बसेर दिनभरी काम गर्छ । १ घण्टा उसको लन्च टाइम हुन्छ, त्यो बाहेक उ अरु कुनै काम गर्न जाँदैन । हाम्रो त यहाँ छोराको फिश तिर्ने, घरमा भेट्न जाने, सासु ससुराको उपचारदेखि सालीलाई मोटरमा राखेर घुमाउनेसम्मको काम त्यही १० बजेदेखि ५ बजेसम्म गर्छ कर्मचारीले,’– उनले भने ।

त्यस्तै, कर्मचारीहरुले देशको सूचना एनजीओ आईएनजीओलाई बेच्ने गरेको उनको आरोप छ । उनले भने, ‘एनजीओ, आईएनजीओको काम लिने, सरकारी मोटर र कम्प्युटर र सरकारी समय प्रयोग गर्ने र ५ बजेपछि गएर एनजीओलाई बुझाउने अनि पैसा खाने । अवकाशपछि त्यही एनजीओको जागिर खाने, जागिरमा छउन्जेल नेपालको गोपनीयता एनजीओ, आईएनजीओलाई बुझाउने अवकाशपछि पनि मैले यस्तोयस्तो गरेको छु, ल हेर भनेर बुझाउने, यस्ता त कर्मचारी छन् ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्