Logo

माओवादीलाई प्रधानमन्त्री ओलीको प्रश्नः ‘हिंसा महान थियो भने किन शान्ति प्रक्रियामा आएको ?’



काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) लाई ‘हिंसा महान थियो भने किन शान्ति प्रक्रियामा आएको ?’ भनी प्रश्न गरेका छन् । आज (शनिबार) २१औं निजामती सेवा दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिँदै भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मान्छेहरुले त्यसलाई महिमा मण्डण गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो । किन आउनुपर्यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्ध थियो भने त सफल पार्नुपर्थ्यो । जनयुद्ध हो भने त्यो फेल हुँदैन । जन आन्दोलन हो भने पनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्