Logo

एकीकृत समाजवादी फुटको संघारमा रहेकोतर्फ लक्षित गर्दै उपाध्यक्ष खतिवडाले भने, ‘पार्टीभित्र तनाव छ’



काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यक्तिगत रुपमा कसैको असन्तुष्टि रहेपनि संगठित रुपमा कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् ।


‘व्यक्तिगत रुपमा मान्छेको असन्तुष्टि होला, संगठित रुपमा असन्तुष्टि कसैको पनि छैन । सबैसँग कुराकानी पनि भइरहेकै छ । अलिअलि तनाव त छ । तर, त्यो तनाव व्यवस्थापन गर्न सकिने ढंगले संवाद भइरहेको छ,’– उनले भने ।

पार्टीको आन्तरिक चुनावमा परिजित भएका नेताहरुले अहिले असन्तुष्टि जनाइरहेको र त्यो विस्तारै समाधान हुँदैजाने उनको भनाइ छ । ‘समस्या छैन भन्ने होईन, केही समस्या छन् । समस्या अलि परसम्म बाँकी रहन्छन् । योग्य सक्षम व्यक्ति पनि चुनावमा पराजित हुँदा हामीलाई कतिपय कामको जिम्मेवारी दिन पनि अप्ठ्यारो परेको छ । उहाँहरुको आफ्नो चित्त दुखाइ पनि छ । सबै समस्या व्यवस्थापन गर्न सकिने प्रकारको समस्या छ,’– उनले भने ।

यो पनि पढ्नुहोस्ः माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर



प्रतिक्रिया दिनुहोस्