Logo

भगवती हाइड्रोपावरले घोषणा गर्यो लाभांश



काठमाडौं, २३ भदौ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

हिजो (शनिबार) बसेकोसञ्चालक समितिको बैठकले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४।२१ रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर समेत) र चुक्तापूँजीको ४ प्रतिशतले बोनस शेयर वितरण निर्णय गरेको हो ।

कम्पनीले आगामी असोज १६ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । आगामी असोज १ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्