Logo

नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन,‘जनयुद्धलाई बदनाम गर्नेका विरुद्ध संघर्षको संकल्प गर्नुस्’



काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरुले माओवादी सशस्त्र संघर्ष (जनयुद्ध) लाई बदनाम गर्ने कोशिस गरिरहेको बताएका छन् । सहिदह सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनयुद्धको जगबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको उपभोग गर्ने र त्यसैलाई बदनाम गर्ने काम भइरहेको बताएका हुन् ।

‘जनयुद्धलाई राष्ट्रिय दिवस मनाउन पर्छ भनेका छौं । तर, अहिले तपाईँ, हामी देख्छौं, एकथरी मान्छेहरु यसलाई अपमानित गर्ने, जसको मुख्य कारणले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, इत्यादि आयो । त्यहाँ बस्ने, त्यसलाई उपभोग गर्ने र यसको मुख्य कारक जनयुद्धलाई बदनामा गर्ने कोशिस अहिले पनि चलिराखेको छ,’– उनले भने ।

जनयुद्धको बदनाम गर्न लागेकाहरुको विरुद्धमा संघर्ष गर्नु नै सहिदहरुप्रति सच्चा सम्मान हुने बताउँदै अध्यक्ष प्रचण्डले सबैलाई संघर्षको संकल्प गर्न निर्देशन दिएका छन् । ‘फेरि पनि एकथरी मान्छेहरुले यसलाई बदनाम गर्ने कोशिस गरेका छन् । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुनै सुरेश वाग्ले, भिमसेन पोखरेललगायतका हजारौं महान सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ । हामी सबैले त्यो संकल्प लिऔं,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्