Logo

क्यान्टोनमेन्ट उहिले नै फरफारक भइसक्यो, डर छैनः माओवादी सचिव पौडेल



काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले क्यान्टोनमेन्टको विषयलाई लिएर माओवादीलाई कुनै डर नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले क्यान्टोनमेन्टसँग सम्बन्धित विषय उहिले नै फरफारक भइसकेको बताएका हुन् । उनले कसैले स्टन्टबाजी गर्दैमा यस विषयमा माओवादी नडराउने बताए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई जसरी पनि सिध्यान खोजिरहेको बताउँदै उनले भने, ‘उहाँहरुले सकेसम्म सिध्याउने प्रयत्न गर्नुहुनेछ । तर, डर छैन । उहाँहरुले उठाउने भनेको क्यान्टोनमेन्ट हो । उहिले नै फरफारक भएर अगाडि बढेको छ । बाहिर अरुले स्टन्टबाजी गरेर हुन्छ र ? सिद्दिसकेको विषय हो त्यो ।’



प्रतिक्रिया दिनुहोस्