Logo

निजामती सेवा पुरस्कारबाट निर्वाचन अधिकारी भट्टराई पुरस्कृत



काठमाडौं, २३ भदौ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराई निजामती सेवा पुरस्कार–२०८०/०८१ बाट सम्मानित भएका छन् । २१औं निजामती सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ५० हजार राशीसहितको सो पुरस्कार प्रदान गरेका हुन् ।

अहिले निजामती सेवामा १ लाख २५ हजार कर्मचारीहरु छन् । २१औं निजामति सेवा दिवसको अवसरमा भट्टराईसहित ३० जना कर्मचारी पुरस्कारसहित सम्मानित भएका हुन् । भट्टराईले काठमाडौं जिल्लामा २०७९ सालको स्थानीय तह, संघ र प्रदेश (तीनै तहको) निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । भट्टराई वि.सं. २०५५ सालमा निजामती सेवामा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्