Logo

कांग्रेसद्वारा पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई पाँच लाख पुरस्कारसहित सम्मान



काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आज (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।

कांग्रेस सभापति देउवाले अन्तर्राष्ट्रियस्तरको कांस्यपदक प्राप्त हुनुले नेपालको इज्जत बढेको भन्दै पलेशाको प्रसंशा गरे । सभापति देउवाले कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहे पनि बताए ।



प्रतिक्रिया दिनुहोस्