Logo

कोशी सरकारलाई पूर्व मुख्यमन्त्री कार्कीको ४८ घण्टे अल्टिमेटम, आफू नेतृत्वको सरकारले अगाडि सारेको कार्यक्रमले निरन्तरता नपाए अनशन बस्ने



काठमाडौं, २३ भदौ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफू नेतृत्वको सरकारले अगाडि सारेका ९ वटा कार्यक्रमले निरन्तरता नपाए अनशन बस्ने चेतावनी दिएका छन् ।

पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले अगाडि सारेका कार्यक्रमहरु १० वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता,
कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायत बिभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति,जनावरमैत्री जंगललगाएतका कार्यक्र वर्तमान सरकारले हटाएको भन्दै उनले त्यसलाई निरन्तरता दिन दवाब दिएका छन् ।

उनले ४८ घण्टाभित्र आफू नेतृत्वको सरकारले अगाडि सारेका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता नआए प्रदेश सभा परिसरमा अनशन बस्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्