Logo

राप्तीमा बेपत्तामध्ये एकजनाको शव भेटियो



चितवन, २३ भदौ । राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एकजनाको शब भेटिएको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका–२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरु बेपत्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस्