Logo

राज्यमन्त्री कान्छारामलाई गृहजिल्लामा कांग्रेस कार्यकर्ताको कालो झण्डा



काठमाडौं, २४ भदौ । उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई गृहजिल्ला रामेछापमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरेका छन् । कांग्रेस रामेछापका सभापतिसमेत रहेका मन्त्री कान्छारामलाई आफ्नै कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरको हुन् ।

उनी १११औं विपी जयन्ती मनाउन रामेछाप पुगेका थिए । कांग्रेस रामेछापका सचिव दीपक खड्काका अनुसार कान्छारामले कसैसँग सल्लाह नगरी कार्यक्रम राखेका थिए । उनले आजको कार्यक्रम रोक्नसमेत माग गरेका थिए ।

पार्टी जिल्ला समितिमा किचलो रहेकै अवस्थामा विपी जयन्ती मनाउन पुगेका कान्छारामलाई कालो झण्डा देखाइएको हो । उनी विवादित ठेकेदार पनि हुन् । उनका अधिकांश ठेक्काहरु अलपत्र अवस्थामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने कान्छारामलाई शेखर कोइराला पक्षधरहरुले पहिलेदेखि नै विरोध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्