Logo

भोलिदेखि अनशन सुरु गर्ने उद्घोष गर्दै पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘मर्छु तर अनशन छोडेर हिँड्दिन’



काठमाडौं, २४ भदौ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले भोलिदेखि आमरण अनशन सुरु गर्ने भएका छन् । आज (सोमबार) विराटनगरमा पत्रकार सम्मेलन गरी उनले भोलिदेखि पार्टीको झण्डा नराखी प्रदेश सभा भवन परिसरमा आमरण अनशन बस्ने जानकारी गराएका हुन् ।

आफू नेतृत्वको सरकारले अगाडि सारेका कार्यक्रमहरुलाई वर्तमान सरकारले निरन्तरता नदिएको भन्दै उनले अनशन बस्ने उद्घोष गरेका हुन् । उनले अनशन सुरु भएपछि कुनै पनि हालतमा सम्झौता नगर्ने बताए । बरु आफू मर्ने तर जनताको मुद्दामा कुनै सम्झौता नगरी प्रदेश सरकारलाई घुँडा टेकाउने उनको उद्घोष छ ।

आफू मुख्यमन्त्री हुँदा सुरु गरेको कार्यक्रमहरु दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायत बिभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति, जनावरमैत्री जंगल कार्यक्रमलाई हिक्मत कार्की नेतृत्वको वर्तमान कोशी सरकारले निरन्तरता नदिएपछि उनी अनशन बस्न लागेका हुन् ।

पूर्व मुख्यमन्त्री कार्कीले आफूलाई कांग्रेस, माओवादी, एमाले, एकीकृत समाजवादी, जसपालगायतका दलले साथ र समर्थन गर्ने विश्वास व्यक्त गरे । File Photo



प्रतिक्रिया दिनुहोस्