Logo

जीबी राई नेपाल आइपुगेको आशंका



काठमाडौं, २४ भदौ । सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई भारतीय बाटो हुँदै नेपाल आइपुगेको आशंका गरिएको छ । जीबी खोज्न नेपाल प्रहरीका एसपी र सई एक सातासम्म मलेसियामा बसेका थिए । जीबी फेला नगरेपछि उनीहरु खाली हात फर्किएका थिए ।

जीबी मलेसियामा रहेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरीको टोली पठाइएको थियो । सहकारी ठगी मुद्दामा फरार रहेका जिबीमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ ।

आफूलाई खोज्दै प्रहरी मलेसिया आइपुगेको सुइँको पाएपछि जिबी भारतीय बाटो प्रयोग गरी फर्किएको प्रहरीको आँकलन छ ।



प्रतिक्रिया दिनुहोस्