Logo

सत्तारुढ दलले उपसभामुख रानालाई हटाउने तयारी गरेको भन्दै माओवादीको विरोध



काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको तयारीको विरोध गरेको छ । आज (मंगलबार) प्रतिनिधि सभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारीमा आफूहरुको तीब्र विरोध रहेको बताएका हुन् ।

‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने भन्ने समाचार छ्पाप्छ्याप्ती आएको छ । यदि त्यसरी हटाउने हो भने हाम्रो दल तीब्र प्रतिवाद गर्दछ, विरोध गर्दछ,’– उनले भने ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरुलाई सिफारिस गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठिरहेको छ । सत्तारुढ दलहरुले पनि उपसभामुख रानाले मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने तयारी गरेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्