काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले प्रश्न उठेपछि उपसभामुख इन्दिरा रानाले राजीनामा दिन उपयुक्त हुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजीनामा दिने नदिने कुरा उपसभामुख रानाको निजी विषय रहेको बताउँदै उनले यस विषयमा सरकारलाई जोडेर भ्रम नफैलाउन आग्रह गरे ।
‘सरकारले उपसभामुखको विषयमा निर्णय गर्यो कि गरेन ? हटाउने कि नहटाउने ? त्यो सरकारको विजनेश हो र ? किन भ्रम फैलाएको ? हल्लाको पछि लाग्नु भन्दा चुनौतिलाई समाना गर्नेगरी मार्ग प्रशस्त गर्नु राम्रो हुन्छ । मान्ने, नमान्ने उहाँको कुरा हो,’– उनले भने । File Photo/RN