Logo

उपसभामुख रानाको बचाउ गर्दै प्रधानमन्त्रीलाई माओवादी नेताको चुनौतिः ‘गिरीबन्धुमा प्रश्न उठेको छ, राजीनामा दिन तयार हो ?



काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउन खोज्नु निकै दुःखदायी रहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यसरी लोकतन्त्र अगाडि बढ्न नसक्ने बताए ।

नेता पौडेलले प्रश्न उठेपछि राजीनामा दिने हो भने अहिले क्याविनेटमा रहेका १०औं मन्त्रीमाथि प्रश्न उठिरहेको उनले बताए । गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं जोडिएको भन्दै उनले राजीनामा दिन तयार हो भन्दै प्रश्न गरे । उपसभामुख रानाविरुद्ध सरकारले शक्तिको प्रदर्शन गरिरहेको उनले बताए ।

‘एक जना महिला, जनजाति, सहमतिको आधारमा आउनुभएको, समाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो बनेको दुई तिहाइ सरकारले हटाउने कुराको यो सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन । यस प्रकारका कुराहरु सरकारले गम्भीरतापूर्वक सुनोस् । यदि हो भने नगर्नका निमित्त हामी खबरदारी गर्न चाहन्छौं । प्रश्न उठेपछि राजीनामा दिने हो भने १०औं मन्त्रीहरुबारे प्रश्न उठेका छन् । राजीनामा दिनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो,वाइटबडीमा प्रश्न उठ्यो, भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार जग्गा प्रकणमा प्रश्न उठ्यो, गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ ?’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्