Logo

सहकारी पीडितहरुले प्रदर्शन गरेपछि रविले भने, ‘तपाईँहरु गलत मान्छेलाई टार्गेट गर्दैहुनुहुन्छ’



काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रम परिसरमा सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताहरुले प्रदर्शन गरेका छन् । रास्वपा सभापति रवि लामिछानेसमेत सहभागी उक्त कार्यक्रम परिसर बाहिर सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले प्रदर्शन गरेपछि रास्वपा सभापति लामिछानेले कसैले उचालिदिएको भरमा आफूविरुद्ध प्रदर्शन भएको बताए । उनले सहकारी पीडितहरुलाई भने, ‘गलत मान्छेलाई टार्गेट गरेर तपाईँहरु अपराध गर्दै हुनुहुन्छ ।’

सभापति लामिछानेले सहकारी पीडितहरुले अपराधमा संलग्न नरहेको मान्छेविरुद्ध कसैले उक्साएको भरमा विरोध गरेको बताए । रास्वपामाथि राजनीतिक पूर्वाग्रह राख्नेहरुले सहकारी भनेको रवि लामिछाने हो भन्ने भाष्य निर्माण गरिदिएको उनको आरोप छ । गोर्खा मिडियामा कार्यरत रहँदा कसरी रकम आएको छ भन्ने कुरा आफूलाई केही थाहा नभएको उनले बताए । लामिछानेले आफू गोर्खा मिडियाको लगानीकर्ता र एकाउन्टेन्ट नभएर तत्कालीन समयमा सञ्चारकर्मीको भूमिका निर्वाह गरेको बताए । File Photo



प्रतिक्रिया दिनुहोस्