Logo

प्रधानन्यायाधीश सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित



काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज (बुधबार) साँझ ५ बजे बस्ने भनिएको परिषद्को बैठक आगामी शुक्रबार साँझ ५ बजे बस्नेगरी सारिएको हो । परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । त्यसैगरी, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख र प्रधानन्यायाधीश संवैधानिक परिषद्को सदस्य रहने व्यवस्था रहेको छ ।

न्याय परिषद्ले गत भदौ २० गते ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । आजको बैठकले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने बताइएको छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ आगामी असोज २० गतेदेखि अवकाश जाँदैछन् ।



प्रतिक्रिया दिनुहोस्