Logo

थारु महिलाहरुको महान चाड जितिया पर्वलाई लक्षित गर्दै “चल गै दैया लैहर” गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २६ भदौ । थारु महिलारुको महान चाड जितिया पर्वलाई लक्षित गरी पूर्वीया थारु भाषाको गीत “चल गै दैया लैहर” सार्वजनिक भएको छ । जितियामा गरिने हरेक गतिविधीलाई समेटेर तयार पारिएको उक्त गीतको भिडियो मङ्गलबार बीएम म्युजिक प्रोडक्सन नामको युटुयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उदयनारायण चौधरी र कपिलदेव चौधरीको शब्द रचना रहेको उक्त गीतमा कपिलदेवकै संगीत रहेको छ भने गीतमा लाता चौधरी, सुस्मिता चौधरी, प्रतिमा चौधरी र संगीतकारसमेत रहेका विजय चौधरीको स्वर रहेको छ ।

काठमाडौंको ए लेभल रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको यस गीतको भिडियोमा झण्डै एक दर्जन कलाकारहरुको अभिनय रहेको छ । जसमध्ये सुस्मिता चौधरी, आयुश चौधरी, निशान्त चौधरी, स्मृति चौधरी, घुरण चौधरी, कलाबति चौधरी, सोनी चौधरी, मनिश चौधरी, श्यामलाल चौधरी र देबी चौधरीलाई मुख्य कलाकारको रुपमा देख्न सकिन्छ भने श्रीजल चौधरीलाई बालकलाकारको रुपमा देख्न सकिन्छ ।

विजय चौधरीको कथा, परिकल्पनामा तयार पारिएको यस गीतको भिडियोलाई शिव चौधरीले निर्देशन गरेका छन् भने रमेश चौधरीको टिमले भिडियो खिचेका छन् ।

सिरहा जिल्लाको विभिन्न रमणीय ठाउँको दृष्यहरु समेटिएको यस गीतको भिडियोलाई रमेश चौधरीले नै सम्पादन तथा रंग संयोजन गरेका छन् । राष्ट्रिय थारु कलाकार मञ्च, सिरहाको सहकार्यमा गीतको म्युजिक भिडियोलाई निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्