Logo

एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज,दाबी नपुग्ने उच्च अदालतको ठहर



काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध उच्च अदालत पाटनमा दायर भएको मुद्दा खारेज भएको छ । उच्च अदालतले सो मुद्दामा वादी पक्षको दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरिदिएको हो ।

एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा एक महिलाले जाहेरी दर्ता गरेकी थिइन् । सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले दर्ता गरेकी थिइन् ।

प्रहरीले उनको जाहेरीको दाबी नपुग्ने भन्दै मुद्दा नचल्ने सिफारिस गरेको थियो । प्रहरीको सिफारिसबमोजिम सरकारी वकिलको कार्यालयले ती महिलाको जाहेरी झुटो देखिएपछि मुद्दा नचल्ने गरी मुल्तबीमा राखेको थियो ।

त्यसविरुद्ध ती महिलाअदालत गएकोमा अदालतले सरकारी वकिलको निर्णय सदर गर्दै मुद्दा चलाउनुपर्ने उनको माग अश्वीकार गरेकोउच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले सो मु्द्दामा रिट निवेदकको दाबी नपुग्ने ठहर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्