Logo

उपसभामुख रानाले मनपरी गरेर राजीनामा दिन्न भन्न मिल्दैनः एमाले नेता अधिकारी (भिडिओसहित)



काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संवैधानिक पदको गम्भीर दुरुपयोग गरेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख रानाले राजीनामा दिनुपर्ने बताए । उनले उपसभामुख रानाको राजीनामा नआए संवैधानिक प्रक्रिया सुरु गर्ने उनले बताए । उपसभामुख रानाले मनपरी गरेर राजीनामा दिन्न भन्न नपाइने उनको भनाइ छ ।

‘यो संवैधानिक पदको गम्भीर दुरुपयोग हो । यो अक्षम्य गल्ती हो । त्यसैले उहाँले राजीनामा दिनुपर्छ । अन्तिम विकल्प त्यही हो ।’ उनले भने, ‘उहाँले राजीनामा नदिएको अवस्थामा संवैधानिक प्रक्रिया सुरु हुन्छ । हामीलाई विश्वास छ, उहाँले राजीनामा दिनुहुन्छ । मनपरी पनि गर्ने राजीनामा दिन्न भन्ने ?’

साथै, फरक प्रसंगमा उनले रास्वपा सभापति रवि लामिछाने पोखरामा आउँदा उनकै कार्यकर्ताले विरोध गरेको बताए । सहकारीबाट पीडित भएका रास्वपाकै कार्यकर्ताको सहयोग र सूचनामा पोखरामा रविको विरोध भएको उनले बताए ।

‘उहाँ पोखरामा आउनुभयो । सहकारी ठगलाई कारबाही गर भनेर जनताले नारा लगाए । हामीले एउटा मात्रै गरेका हौं, अरुले कति गरेका थिए भन्नुहुन्छ । उहाँकै कार्यकर्ताहरु जो पीडित थिए, उनीहरुकै सूचना र सहयोगमा त्यो भयो । कांग्रेस–एमालेले उहाँको विरुद्धमा विरोध प्रदर्शन गरेको छैन । त्यस्तो काम गरेर बस्ने फुर्सद नै छैन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्