Logo

उपसभामुख रानालाई हटाउने विषयमा जनमतको विमति छैनः अब्दुल खान (भिडिओसहित)



काठमाडौं, २७ भदौ । जनमत पार्टीका नेता तथा सांसद अब्दुल खानले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सन्दर्भमा आफूहरुको विमति नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । जनमतका अध्यक्ष सिके राउतले पनि आफूहरु गठबन्धनमा छैनौं र गठबन्धनको कुरा मान्दैनौं नभनेको उनले बताए ।

नेता खानको अनुसार सत्तारुढ दलमा भदौभित्रै उपसभामुख रानालाई हटाउने गरी गृहकार्य सुरु भइसकेको छ । उहाँ (सिके राउत) ले हामी गठबन्धनमा छैनौं, गठबन्धनको कुरा मान्दैनौं भन्नुभएको छैन । यो कुरा अलिकति अलोकतान्त्रिकजस्तो छ । उपसभामुखलाई हटाउनु भनेको चिन्ताको विषय हो भनेर उहाँले भन्नुभएको छ । साना दलहरुलाई सिध्याउने खेल सुरु भएको भनेर उहाँले राख्नुभएको छ । यसमा विमतिको कुरा छैन । यसमा ३० या ३१ मा छलफल हुन्छ । भोटिङ भएर यो फाइनल हुन्छ,’– नेता खानले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्