Logo

जन्मदिनमा देउवालाई बालुवाटारको न्यानो स्वागत, ओलीले दिए प्रगतिको शुभकामना



काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जन्मदिनको उपलक्ष्यमा शुभकामना दिएका छन् । आज (बिहीबार) प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर देउवाको जन्मदिन मनाइदिएका हुन् । देउवाको जन्मदिनको अवसरमा ओलीले सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना कामना गरेका छन् ।

‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी,’– प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्